FAQs Complain Problems

ब ०७८।७९ का लागि नदीजन्य पद्धार्थ संकलन तथा उत्खनन गरी ओसार पसार तथा विक्री वितरण गर्ने र स्थानीय विकास र संरक्षण शुल्क उठाउने कार्यको बोलपत्र/दरभाउ पत्र आह्ववान सम्बन्धि सुचना।

प्रथम पटक प्रकाशित मिती २०७।०९।२९

आ ब ०७८।७९ का लागि नदीजन्य पद्धार्थ संकलन तथा उत्खनन गरी ओसार पसार तथा विक्री वितरण गर्ने र स्थानीय विकास र संरक्षण शुल्क उठाउने कार्यको बोलपत्र/दरभाउ पत्र आह्ववान सम्बन्धि सुचना।

यस कार्यालयबाट स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ११ (घ) ६ मा व्यवस्था भए बमोजिम पाल्हीनन्दन गाँउपालिकाको क्षेत्राधिकार भित्र पर्ने तपसिलका खोलाबाट निकासी हुने बालुवा भस्कट आदि प्राकृतिक स्रोतमा पाल्हीनन्दन गाँउपालिकाले ठेक्का बन्दोबस्त गर्नुपर्ने भएकोले ईच्छुक कम्पनी वा फर्मले आफ्नो फर्म वा कम्पनीको दर्ता वा नवीकरण भएको प्रमाणपत्र  आ.ब. ०७७।७८ को कर चुक्ता प्रमाणपत्र एवम स्थायी लेखा नम्बर दर्ता प्रमाण पत्र पेश गरी बोलपत्रको / दरभाउ पत्र खरिद गर्नका लागि तोकिएको शर्तको अधिनमा रही बोलपत्र पेश गर्नुहुन सम्बन्धित सबैको लागि यो सुचना प्रकाशित गरिएको छ ।विस्तृत व्यहोरा कार्यालयको वेवसाईट www.palhinandanmun.gov.np मा प्रकाशन गरिएको छ ।

शर्तहरु

१.सम्बन्धित कागजातहरु संलग्न भएको बोलपत्र फारम पाल्हीनन्दन गाँउपालिकाको कार्यालय, कुश्मा नवलपरासी (ब.सु.प.)बाट प्रथम पटक सुचना प्रकाशित भएको मितिले बोलपत्रको / दरभाउ पत्रको हकमा १५औ दिनसम्म कार्यालय समय भित्र पाल्हीनन्दन गाँउपालिका गाँउ कार्यपालिकाको कार्यालय, नवलपरासी (ब.सु.प.)को नाममा रहेको धरौटी खाता नं २४८०३०००००३००००००००१ नेपाल बैङ्क लिमिटेड बेलासपुर शाखामा तोकिएको दस्तुर पछि फिर्ता नहुने गरी बुझाई वा कार्यालयबाट तोकीएको दस्तुर तिरी खरिद गर्न सकिनेछ ।

२. बोलपत्र / दरभाउ पत्र खरिद गर्दा आ ब ०७७/७८ सम्म नविकरण भएको ईजाजत पत्र र मु.अ.क. दर्ता प्रमाण पत्र र आ ब ०७७।७८ को कर चुक्ताको प्रमाणित प्रतिलिपीपेश गर्नुपर्नेछ ।

३.यसरी खरिद गरिएको बोलपत्र / दरभाउ पत्र प्रथम पटक सुचना प्रकाशित भएको मितिले १६औ दिन दिनको १२ बजे भित्र यस कार्यालयमा दर्ता गराई सक्नुपर्नेछ ।म्याद भित्र प्राप्त हुन आएका बोलपत्र / दरभाउ पत्र सोही दिन दिनको १३ बजे तथा बोलपत्र दाताहरु वा निजको अधिकार प्राप्त प्रतिनिधिहरुको रोहबरमा यस गाँउपालिकाको कार्यालयमा खोलिनेछ । बोलपत्र / दरभाउ पत्र निजको अधिकार प्राप्त प्रतिनिध अनुपस्थित भएमा पनि कार्यालय प्रतिनिधिको रोहबरमा बोलपत्र/ दरभाउ पत्र खोल्न बाधा पर्ने छैन।

४.बोलपत्र /  दरभाउ पत्र दातालाई बोलपत्रमा / दरभाउ पत्र दर रेट भन्दा अघि सम्बन्धितठेक्का स्थलको अवलोकन निरीक्षण गर्न सुझाव दिईन्छ ।उल्लेखित दर रेट ठेक्का स्थलको यथार्थ बस्तुस्थिति बुझि भरेको मानिनेछ ।

५.बोलपत्रको/ दरभाउ पत्र आईटमको भ्याट बाहेकको दर अंक र अक्षरमा प्रष्ट उल्लेख गरी पेश गर्नुपर्नेछ ।अंक र अक्षरमा फरक परेमा अक्षरलाई मान्यता दिईनेछ ।

६.ठेक्का अवधि सम्झौता भएको मिति देखि जेठ मसान्त सम्म हुनेछ ।

७.बोलपत्र / दरभाउ पत्र साथ आफुले कबोल गरेको रकमको २.५ प्रतिशतले हुने जमानत वापतको रकम तल उल्लेखित पाल्हीनन्दन  गाँउपालिका गाँउ कार्यपालिकाको कार्यालय कुश्मा नवलपरासीको धरौटी खाता नं २४८०३०००००३००००००००१ नेपाल बैङ्क लिमिटेड बेलासपुर शाखामा दाखिला गरेको सक्कल भौचर संलग्न गर्नुपर्नेछ ।

८.कुनैपनि बोलपत्र / दरभाउ पत्र दाताले एउटा बोलपत्र खरिद र दाखिला गर्न सक्नेछ ।यो शर्त संयुक्त उपक्रममा पनि लागु हुनेछ ।

९.बोलपत्र / दरभाउ पत्र पेश गर्दा खाम बाहिर बोलपत्र /दरभाउ पत्र दाताको नाम ठेगाना ठेक्का क्रम संख्या कामको विवरण दस्तखत र छाप स्पष्ट उल्लेख गर्नुपर्नेछ ।

१०.बोलपत्र / दरभाउ पत्र खरिद गर्ने वा दर्ता गर्ने अन्तिम दिन विदा पर्न गएमा सोको भोलीपल्ट वा कार्यालय खुलेको पहिलो दिनलाई उक्त प्रयोजनको लागि मान्यता दिईनेछ ।

११.रित नपुगी वा म्याद नाघि आएका बोलपत्र उपर कुनै कारवाही हुने छैन ।

१२.नेपाल सरकारको हितलाई ध्यानमा राखी बोलपत्र /दरभाउ पत्र स्वीकृत गर्ने वा नगर्ने सम्पुर्ण अधिकार यस कार्यालयमा  सुरक्षित रहने छ ।

१३.बोलपत्र /दरभाउ पत्र स्वीकृत भई सकेपछि कबोल अंकको ५० प्रतिशत ले हुने रकम माथि उल्लेखित खातामा जम्मा गरेको सक्कल बैक भौचर यस कार्यालयमा पेश गर्नुपर्नेछ ।

१४.ठेक्का कबोल गर्ने ठेकेदारले पाल्हीनन्दन गाँउपालिकाले तोकेको कर उठाउदा प्रयोग गर्ने रसिदहरु ठेकेदारले आफ्नो तर्फबाट छपाई ति रसिदहरु यस कार्यालयबाट प्रमाणित गराई प्रयोग गर्नुपर्नेछ ।प्रमाणित नगरेको रसिदबाट कर उठाएको उजुरी वा जानकारी पाईएमा नियमानुसार कारवाही गरिनेछ ।

१५.ठेक्काको स्वीकृत कबोल अंकको रकम  सम्झौताको बखत एकमुष्ठ नगद बुझाउदा ५ प्रतिशत छुट दिईनेछ ।

१६.ठेक्का लिए वापत ठेकेदारले नेपाल सरकार वा अन्य निकायलाई बुझाउनुपर्ने सम्पुर्ण कर आफैले बुझाउनुपर्ने छ ।उक्त कर किस्ता संगै अग्रिम रुपमा बुझाउनुपर्नेछ ।

१७.बोलपत्र / दरभाउ पत्र स्वीकृत भएको सुचना पाएको मितिले सात दिन भित्र कबोल अंकको १५ प्रतिशत र १३ प्रतिशत भ्याट रकम पाल्हीनन्दन गाँउपालिकामा बुझाउनुपर्नेछ ।स्वीकृत कबोल अंकको ५० प्रतिशत प्रथम किस्ता वापत नगदै बुझाउनुपर्नेछ र बाकी रकमको बाणिज्य बैकको ग्यारेन्टी पेश गर्नुपर्नेछ ।कबोल अंकको बाकी ५० प्रतिशत रकम २०७७ जेठ मसान्त भित्र बुझाउनुपर्नेछ ।अन्यथा प्रथम किस्ता वापतको रकम र धरौटी रकम जफत गरिनेछ ।

१८.भस्कट/ माटो निकासी गर्ने बाटो मर्मतको व्यवस्था ठेकेदार स्वयंले गर्नुपर्नेछ ।खर्चको दावी गर्न पाईने छैन ।

१९.ठेकेदारले खोलाको दाया बाया निर्माण भएको बाध कुलो नहर तटबन्ध आदिको १०० मिटर दाया बाया तथा पुलको ५०० मीटर माथिबाट भस्कट निकाल्न पाईने छैन ।

२०.उपरोक्त बुदामा उल्लेख नभएका कुराहरुको हकमा सार्वजनिक खरिद ऐन २०६३ तथा सार्वजनिक खरिद नियमावली २०६४ अनुसार हुनेछ ।

२१.माटो / भस्कट सम्बन्धि अन्य व्यवस्था प्रदेश सरकार आर्थिक ऐन २०७५ ले तोकेको मापदण्ड बमोजिम हुनेछ ।

२२.झरही खोलाको आई ई ई प्रतिवेदन अनुसार मात्र भस्कट/माटो निकाल्नुपर्नेछ ।

२३.बोलपत्र / दरभाउ पत्र सम्बन्धि अन्य जानकारी चाहिएमा यस कार्यालय समय भित्र सम्पर्क राखि बुझ्न सकिनेछ ।
 

 

क्र सं

ठेक्का नं

ठेक्काको किसिम

कामको विवरण

संकलन उत्खनन गर्नुपर्ने अनुमानित परिमाण घन फिटमा

विक्री दर भ्याट बाहेक

जम्मा न्युनतम अंक रु

दरभाउ पत्र खरिद दस्तुर रु

१३।०७८।७९

दरभाउ पत्रभस्कट

निकाल्ने

झरही खोलाको वडा न.३ बेलाश्पुर (रामग्रामको  सिमाना पाल्हीनन्दन गा पा वडा न. ३,२ र १ को विभिन्न खण्डबाट भस्कट निकाल्ने

७५६२१।००

२२६८६३।००

१०००

 

                                                                                                         

                                                                                                श्रीप्रसाद गौतम

                                                                                      प्रमुख प्रशासकीय अधिकृत

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: