FAQs Complain Problems

पाल्हीनन्दन एक परिचय

     पाल्हीनन्दन गाउँपालिका लुम्विनी प्रदेश अन्तर्गत नवलपरासी जिल्लाको  सदरमुकाम परासीबाट ७ कि.मि. दक्षिण तर्फ रहेको छ | ऐतिहासिक धार्मिक स्थल पाल्ही भगवती मन्दिर र साविक गेरमी र सनई गा.वि.स. मा ३६ विघामा अवस्थित रहेको नन्दन तालको ऐतिहासिक गाथा बोकेको पाल्ही नन्दन गाउँपालिका साविक को रमपुरवा, हरपुर, कुश्मा, पाल्ही, गेरमी र सनई गा. वि. स. को साझा संगम हो । ४४.६७ वर्ग कि. मि. क्षेत्रफल ओगटेको यो गाउँपालिका को कुल जनसंख्या ३५४२९ रहेको छ । यस गाउँपालिकामा बसोवास गर्ने कूल जनसंख्या मध्ये ९९ प्रतिशत अवधि र भोजप्री भाषा बोल्दछन भने करिव १ प्रतिशत जनसंखया थारु, उर्दु र नेपाली भाषा बोल्दछन् । पुर्वमा सरावल गाउँपालिका, पश्चिममा रुपन्देहीको रोहिणी गाउँपालिका, उत्तरमा रामग्राम नगरपालिका र दक्षिणमा भारत संग ,सिमाना जोडिएको गाउँपालिकामा महेशपुर भन्सार यस गाउँपालिकाको अर्को चिनारी हो । गुप्ता, हरजिन, यादव, मुस्लिम र हरजिन जातिको मुख्य बासोबास रहेको यस गाउपालिकाको मुख्य पेशा कृषी रहेको छ । सिमित मात्रामा विद्यालय भएकोले उच्च शिक्षा लिनको लागि जिल्ला सदरमुकाम तथा अन्य शहरहरु तथा राजधानीमा जानु पर्ने वाध्यत्मक अवस्था रहेको छ । पाल्ही भगवती मन्दिर, शिव मन्दिर लोहरौली, सोहगौरा मन्दिर पडरी, नन्दन ताल सनई र गेरमी, राधाकृष्ण मन्दिर रामजानकी मन्दिर सुगौली यस गाउँपालिका का मुख्य ऐतिहासकि पर्यटकिय स्थल हुन ।