FAQs Complain Problems

कम्प्युटर विषयका शिक्षकहरुको लागि अनुशिक्षण कार्यक्रम - २०७५ सम्पन्न ...

सबै सामुदायीक बिद्यालयमा कम्प्युटर विषयका बिज्ञ शिक्षकको अभावले गर्दा बिद्यालयमा कम्प्युटर बिषयको पठन पाठन मा केहि कठिनाई भईरहेको देखिएकोले बिद्यालयमा पढाइरहेका कम्प्युटर विषयका शिक्षकहरु लाइ प्रशिक्षण गराएर सम्पूर्ण सम्बन्धित विषयका शिक्षकहरुको सूचना र प्रविधिको क्षेत्रमा ज्ञान, सिप र दक्षताको अभिबृदी गराई सक्षम बनाउने र बिद्यालयमा कम्प्युटर बिषयको पढाइलाई अझ प्रभावकारी बनाउने उद्धेश्यले, यस पाल्हिनन्दन गाउँ कार्यपालिकाको आयोजनामा  "कम्प्युटर विषयका शिक्षकहरुको लागि अनुशिक्षण कार्यक्रम - २०७५ ",मिति २०७५/१२/१४ गते देखि   संचालन भई २०७५/१२/२० गते  सम्पन्न भयो |  शिक्षकहरु को सक्रिय सहभागिता र सकारात्मक प्रतिक्रियाले कार्यक्रम निकै प्रभावकारी भएको पाइयो | ७ दिन सम्मको उक्त कार्यक्रममा सूचना प्रबिधि अधिकृत श्री प्रेम भण्डारी र श्री मेघ थापा ले सहजीकरण गर्नु भएको थियो |
सहभागी शिक्षक , प्रशिक्षक लगायत कार्यक्रम उद्धाटन र समापन कार्यक्रमका अधक्ष्य , प्रमुख अतिथि , बिशिस्ट अतिथि लगायत सम्पूर्णमा बिशेष धन्यबाद छ |

आर्थिक वर्ष: